
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमालले देश गम्भीर संकटतर्फ उन्मुख भएको बेला राप्रपाले कर्णाली जागरण अभियान संचालन गर्नुको महत्त्व अर्थपूर्ण रहेको दाबी गरेका छन् ।
बुधबार उनले पश्चिम सुर्खेतको बाबियाचौरमा आयोजित जनसभालाई सम्बोधन गर्दै काठमाडौंको बन्द कोठाभित्र बसेर प्रधानमन्त्री चयन गर्ने परिपाटीको अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जानुपर्नेमा सबै सहमत हुन आग्रह गरेका छन् ।
नेतृत्वको क्षमता र नियत, शासकीय स्वरुप र राप्रपा कमजोर भएका कारण देश बन्न नसकेको उनले बताएका छन् ।
पश्चिम सुर्खेतको बाटो नबनेको कारण कति किलो धुलो खानुभयो भन्दै किरणले प्रश्न समेत गरेका छन् । उनले काङ्ग्रेस उपसभापति पुर्ण बहादुर खड्कालाई बाटोको अबस्था कस्तो छ भन्ने कुरा ३० वर्ष लाग्छ भन्दै प्रश्न गरेका छन् ।
राप्रपाको नेतृत्वमा इमानदारीता र भिजन छ, अब देशलाई उन्नत रास्ट्र निर्माण गर्ने अभिभारा पूरा गर्न सबै जनतालाई साथ दिन किरणले अपिल गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्