
अन्तिम चारमा अर्को समूहको उपविजेता भारतसँग खेल्नेछ। भारतले पहिलो खेलमा पाकिस्तानलाई ५–२ ले हराएपनि बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। यस्तै, नेपाल रहेको समूहको उपविजेता बनेको भुटानले भने बंगलादेशसँग खेल्नेछ। नेपाललाई अघिल्लो चरणमा पुर्याउन रेखा पौडेलले दुई गोल गरिन्। यस्तै, सविता रानामगर, सावित्रा भण्डारी, अमिषा कार्की र रश्मि घिसिङले समान एक गोल थपे।
नेपाललाई अघिल्लो चरणमा पुर्याउन रेखा पौडेलले दुई गोल गरिन्। यस्तै, सविता रानामगर, सावित्रा भण्डारी र अमिषा कार्कीले समान एक गोल थपे।?कउबल;श्रप्रतियोगिताकै कमजोर टोलीमाथि एकपक्षीय हामी हुँदै नेपालले दर्जन बढी अवसर सिर्जना गरेको थियो। तर, तालमेल नमिल्दा नेपालले सिर्जना गरेको अवसरअनुसार स्कोर भने निकाल्न सकेन। यद्यिप, आठौं मिनेटदेखि नेपालले लिएको दबाबसामु श्रीलंका खुलेर खेल्न सकेन। नेपालले सुरुआती अग्रता काउन्टर अट्याकमार्फत अग्रता लियो। सवित्राले राइट साइडबाट एक डिफेन्डर छक्याउँदै दिएको बललाई सवितता रानामगरको लेफ्ट फुटेट वान टच गोलमा परिणत भयो।
१२औं मिनेटमा सवित्राको दर्शनीय गोलबाट नेपालले अग्रता दोब्बर पार्यो। उनले करिब २५ यार्डबाट गरेको सशक्त प्रहार दोस्रो बारको टप कर्नर गोलमा परिणत भयो। एक मिनेट नबित्दै रेखाले नेपालको अग्रता ३–० ले अगाडि बढाइन्। अमिषाले लेफ्ट साइडबाट गरेको क्रस बललाई रेखाले ड्रप नहुँदै भली प्रहार जाली चुमेको हो।
२३औं मिनेटमा रेखाले गोल गरेपनि मान्यता पाएन। अमिषाले प्रहार गरेको प्रहार श्रीलंकाली गोलकिपर विरासिंहाले नियन्त्रणमा लिइसकेकी थिइन्। तर, रेखाले उनको हातबाट बल खोस्दै जाली चुमाएपछि कनिका बर्मनले फउलको दिइन्। त्यसको चार मिनेटपछि रेखाले नै व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरिन्। सावित्राको क्रसमा रेखाले हल्का टच दिँदै बललाई जालीसम्म पुर्याएकी हुन्।
दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै अमिषाले पहिलो गोल गरिन्। सविताले दोस्रो बारतर्फ च्याप्दै दिएको बललाई गोल लाइननजिक रहेकी उनले हेडरमार्फत बललाई सही दिशा दिइन्। तर, त्यसपछि श्रीलंकाका १० खेलाडी नै डिफेन्समा झर्दा नेपालको प्रयासले सार्थकता पाउन सकेन। यद्यपि, रश्मिले इन्जुरी समयमा हेडरमार्फत गोल गर्दै नेपाललाई समूह विजेता बनाइन्। टोलीका लागि छैटौं गोल गर्दा उनले अनिता केसीको कर्नर बललाई सदुपयोग गरेकी हुन्









प्रतिक्रिया दिनुहोस्