कर्णालीमा एकीकृत समाजवादीको प्रथम अधिवेशन भोलीदेखी



सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन भोलीदेखी वीरेन्द्रनगरमा सुरु हुने भएको छ ।

सोमबार र मंगलबार हुने उक्त अधिवेशनका लागि पाँच सय ७५ प्रतिनिधि निर्वाचित भएका छन् । कर्णाली प्रदेशका २४ वटै निर्वाचन क्षेत्रबाट तीन सय चार जना प्रतिनिधि निर्वाचित भएका छन् ।

पार्टीको प्रदेश सम्पर्क मञ्च र प्रदेशस्तरीय कमिटी भएका हरेक जनसङ्गठनहरूबाट निर्धारण गरेबमोजिम १८ जना प्रतिनिधि निर्वाचित भएका छन् । यसरी छनोट भएका प्रतिनिधिमध्ये समावेशी, दलित, जनजाति र अन्य गरी दुई सय ५३ छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने अधिवेशनमा कर्णाली प्रदेशका सामाजिक, आर्थिक, राजनीतिक विकासका विषयमा छलफल गरिनेछ । अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।

यसैगरी, पार्टीले सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन नेताहरूको छिट्टै जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गर्ने भएको छ । नेताहरूको क्षमता, विगतका कार्य सम्पादनको मूल्याङ्कन गर्न गठित कार्यदलले जिम्मेवारी हेरफेर तथा साङ्गठनिक भूमिकाको कार्यविभाजनको गृहकार्य गरेको छ ।

 

प्रकाशित मिति : २०८१ कात्तिक २५ गते आइतबार