जाजरकोटमा फोर्स गाडी दुर्घटनाः १७ जना घाइते



सुर्खेत । जाजरकोटमा फोर्स गाडी दुर्घटना भएको छ । सोमबार साढे ११ बजेतिर भएको दुर्घटनामा अहिलेसम्म १७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी, प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाका अनुसार बा ५ख १८९२ नम्बरको फोर्स गाडी भेरी नगरपालिका–७ स्याउले बजारबाट नेपालगंजतर्फ जाँदै गरेको उक्त गाडी जाजरकोट–छिन्चु सडकअन्तर्गत कुदुमा दुर्घटना भएको हो ।

२१ सवार रहेको गाडीमा १७ जना घाइते भएको र उनीहरुको उद्दार गरी कुदुका स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको तिमिल्सिनाले बताए ।

गाडी सडकबाट ५० मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति : २०८१ कात्तिक २६ गते सोमबार