सुर्खेत आएर माधव नेपालले भने—केपी ओली गणतन्त्र विरोधी



सुर्खेत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली गणतन्त्र विरोधी नेता भएको बताएका छन् ।

आफु एमालेमा हुँदा गणतन्त्रको बारेमा केन्द्रिय बैठकले निर्णय गरेको तर ओली लगायत विष्णु पौडलहरुले त्यसमा फरक मत राखेको उनको भनाइ छ ।

सोमबार वीरेन्द्रनगरमा सुरु भएको समाजवादीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेपालले ओलीले त्यो बेला ‘बयलगाढा चढेर अमेरिका पुगिन्न’ भनेर भाषण दिने गरेको सुनाए ।

साथै आन्दोलन गरेर राजा फाल्न नसकिने भन्दै गणतन्त्रको विरोध गरेर ओली हिँडेको तर आफुहरुले त्यसको अगुवाई गरेर देशमा गणतन्त्र आएको नेपालले बताए ।

केपी ओलीले एमालेमा अहिले कमरेड हैन ‘बा’ भन्ने संस्कृति सुरु गरेको नेपालले बताए ।

यसैबिच सोमबारदेखी सुरु भएको समाजवादीको प्रथम अधिवेशन मंगलबार सकिने छ । उक्त अधिवेशनबाट प्रदेश कमिटीको नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २६ गते सोमबार