जाजरकोट दुर्घटनाका घाइतेलाई पुर्‍याउन नेपालगञ्ज गएको एम्बुलेन्स कोहलपुरमा दुर्घटना, दुई घाइते



सुर्खेत । गाडी दुर्घटनाका घाइतेलाई लिएर नेपालगञ्ज गएको एम्बुलेन्स कोहलपुरमा दुर्घटना भएको छ ।

कोहलपुर प्रहरीका अनुसार सोमबार जाजरकोटमा भएको फोर्स गाडी दुर्घटनामा परी घाइते भएका बिरामीलाई पुर्‍याउन नेपालगञ्ज गएको भूपु सैनिकद्धारा सञ्चालित भे १ च २२४७ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।

मंगलबार बिहान ४ बजेतिर कोहलपुर चौराहमा दुर्घटना भएको एम्बुलेन्स दुर्घटनामा दुई जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार घाइते हुनेमा एम्बुलेन्स चालक सुर्खेतको लेकबेशी नगरपालिका–७, का २० वर्षीय दिनेश पुलामी र जाजरकोटको भेरी नगरपालिका–७, का २५ वर्षीय विराजन शाही रहेका छन् ।

घाइते दुबैको अहिले भेरी मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । एम्बुलेन्सले जाजरकोट दुर्घटनाका घाइतेलाई कर्णाली प्रदेश अस्पतालबाट लिएर गएको थियो ।

गम्भीर घाइतेहरुलाई हेलिकप्टोरबाट सुर्खेत ल्याइएको थियो भने थप उपचारका लागि प्रदेश अस्पतालले नेपालगञ्ज रिफर गरेको थियो ।

उनका अनुसार घाइतेलाई नेपालगञ्ज पुर्‍याएर फर्किने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

 

 

प्रकाशित मिति : २०८१ कात्तिक २७ गते मंगलबार