
सुर्खेत । वीरेन्द्रनगरमा युवा नेतृत्व र जवाफदेहिता परियोजना लागु भएको छ ।
बास नेपालले बिहीबार प्रदेश राजधानी वीरेन्द्रनगरमा अभिमुखीकरण कार्यक्रम गर्दै १० महिनाका लागि उक्त कार्यक्रम लागु गरिएको जानकारी गराएको हो ।
कार्यक्रममा नगरपालिकाका २० जना युवाहरुको सहभागितामा युथ इंगेजमेन्ट फोरम अभिमुखिकरण र युवामैत्री स्थानीय शासन विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिम एकाऊन्टबिलिटी ल्यावको सहयोगका बास नेपालले गरेको हो ।
तालिमका प्रमुख प्रशिक्षक तथा बास नेपालका पुर्व केन्द्रीय अध्यक्ष मन भण्डारीले युवाहरुलाई युवामैत्री स्थानीय शासनको बारेमा जानकारी गराउने उद्देश्यले तालिम गरिएको बताए ।
तालिममा प्रशिक्षक मन भण्डारी र रबिन्द्र बाेहराले प्रशिक्षण दिएका थिए । कार्यक्रम सहायक रमिता शाहले सञ्चालन गरेकोे तालिमको समापन बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार वर्माले गरेका थिए ।
तालिमको समापनसँगै सरिता अधिकारीको संयोजकत्वमा ११ सदस्यीय स्वयंसेवक समिति गठन गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्