
सुर्खेत । कर्णाली प्रदेश सरकारकार आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले अहिलेको मन्त्रिपरिषद् हिरो पल्टिन नचाहेको बताएका छन् ।
शुक्रवार प्रदेश योजना आयोगले वीरेन्द्रनगरका आयोजना गरेको ‘दोस्रो पञ्चवर्षीय योजना’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘हामी अनुशासनमा चल्ने प्रयास गरिरहेका छौँ,’ भने, ‘अहिलेको सरकार हिरो पल्टिन चाहेको छैन ।’
जिम्मेवारीमा रहेका हरेक मान्छेहरुले आ–आफ्नो जिम्मेवारी अनुसार काम गर्नुको साटो पछिल्लो समय हिरो पल्टिने प्रवृत्ति मौलाएको उनको भनाइ थियो ।
दोस्रो पञ्चवर्षीय गुरुयोजनाको मस्यौदा निकै राम्रो भएको बताउँदै शाहले कर्णालीमा लगानीको स्रोतहरु कम भएको बताए । थोरै बजेटलाई सहि रुपमा कार्यान्वयन गर्ने कुरामा सरकार लागिरहेको उनको भनाइ छ ।
कर्णालीको आन्तरिक आम्दानी निकै न्युन रहेको बताउँदै शाहले वार्षिक १ अर्ब आम्दानी बढाउने गरी काम भइरहेको बताए ।
साथै शाहले अनुशासनमै बसेर केही राम्रो काम गर्न चारिहेको पनि जानकारी गराए ।









प्रतिक्रिया दिनुहोस्