बंगलादेश सरकारले जमात–ए–इस्लामीमाथि लगाएको प्रतिबन्ध हटायो



बंगलादेशको अन्तरिम सरकारले जमात–ए–इस्लामी पार्टीमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।

गृह मन्त्रालयले सूचना जारी गर्दै जमात–ए–इस्लामी र यसको विद्यार्थी संगठन इस्लामी छात्र शिविरमाथि लगाएको प्रतिबन्ध हटाएको हो ।

जमात, शिविर र यसको प्रमुख संगठनहरु आतंकवादी गतिविधिमा संलग्न रहेको प्रमाण नभएको भन्दै सूचनामा भनिएको छ, ‘यो संगठन आतंकवादी गतिविधिमा संलग्न छैन भन्ने सरकारको विश्वास छ ।’

शेख हसिना सरकारले १ अगष्टमा जमात–ए–इस्लामीका साथै छात्र शिविरका संगठनहरुलाई राजनीतिक गतिविधिमा भाग लिन प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : २०८१ भदौ १२ गते बुधबार