
चिनियाँ राष्ट्रपति सी चिनपिङ र उनकी श्रीमती पेङ लियुआन हरेक कार्यक्रममा सँगै देखिँदैनन्। उनीहरु दुवैको आ–आफ्नै करियर छ।
एउटा पुरानो अन्तर्वार्तामा सी चिनपिङले भनेका थिए,ʻमेरी श्रीमती र मेरो दुवैको आफ्नै करियर छ। तर हामी परिवारका लागि सँगै काम गर्छौं।ʼ
गायिका हुन् पेङ लियुआन
श्रीमान सत्तामा आउनुभन्दा अगाडि नै पेङ लियुआन चीनकी स्टार गायिकामध्ये एकको रूपमा प्रख्यात थिइन्। दशकौंसम्म उनी चिनियाँ सरकारी टेलिभिजन कार्यक्रममा देखा परिन् र मधुर लोकगीत गाइन्। सँगै नहुने भएपछि २००४ मा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को झेजियाङ प्रान्तीय समितिको सचिवको रूपमा सेवा गर्दा सीले पेङलाई दैनिक फोन गर्थे।
सी जिनपिङको प्रतिक्रिया भाइरल
२०१३ मा कोस्टारिकामा एक किसानको घर भ्रमणको क्रममा सीले पेस्ट्रीको टुक्रा भाँचेर आफ्नी श्रीमतीलाई बिस्तारै दिए। उनको प्रतिक्रिया त्यतिबेला भाइरल भएको थियो। पेङ लियुआनको जन्म सन् १९६२ मा चीनको शानडोङ प्रान्तमा भएको थियो। उनका बुबा एक स्कुल शिक्षक र आमा एक ओपेरा गायिका थिए। चीनमा सांस्कृतिक क्रान्ति चलिरहेका बेला (१९६० को दशकको अन्त्यतिर माओत्सेतुङको समयमा) उनको परिवारले धेरै दुःख भोग्नु परेको थियो।
लियुआनले कहाँ अध्ययन गरिन् ?
पेङ लियुआनको गायन प्रतिभा उनको परिवारका लागि आशाको किरण बन्यो। यसपछि पेङले शानडोङ कला विश्वविद्यालयमा भर्ना भइन्। पछि उनले बेइजिङ कन्जर्भेटरीमा पनि अध्ययन गरे। १९८६ मा पेङ लियुआनले सी चिनपिङलाई भेटिन्। त्यसबेला सी कम्युनिष्ट पार्टीमा मध्यम–स्तरीय अधिकारी थिए।
पेङले एक अन्तर्वार्ता (२०११)मा पहिलो भेटमा सी चिनपिङ धेरै मन परेको बताइन्। दुवैको विवाह १९८७ मा भएको थियो। दुवैको एक छोरी पनि छन्। छोरीको नाम सी मिङ्जे हो। मिडिया रिपोर्टका अनुसार मिङ्जे हार्वर्ड विश्वविद्यालयमा पढ्छिन्। पेङ विश्व स्वास्थ्य संगठनको सद्भावना दूत पनि हुन्। यसले क्षयरोग र एचआईभी/एड्सकाका बिरामीका लागि काम गर्छ।
प्रतिक्रिया दिनुहोस्