युक्रेनी सहर फेरि कब्जा गरेको रुसको दाबी



रुसले आफ्नो सेनाले पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रको कुराखोभ सहर पुनः कब्जा गरेको दाबी गरेको छ।

तर, युक्रेनले रुसको यो दाबी स्वीकार गरेको छैन।

कुराखोभलाई रणनीतिक दृष्टिकोणले रुस–युक्रेन सीमामा महत्त्वपूर्ण स्थान मानिन्छ।

युक्रेनले आइतबार यस क्षेत्रमा जवाफी हमला गरेको थियो, त्यसयता रुस र युक्रेनका सेनाबीच भीषण युद्ध चलिरहेको छ।
समाचार एजेन्सी रोयटर्सले उपलब्ध गराएको एउटा तस्बिर सामाजिक सञ्जालमा निकै चर्चामा छ।

यो तस्बिरमा कुराखोभोमा रुसी झण्डा बोकेका एक सैनिक देखिएका छन्।

बीबीसीका अनुसार युक्रेनी संगठित सेनाका प्रवक्ता भिक्टर ट्रिहुबोभले सोमबार बिहानसम्म युक्रेनी सेनाले कुराखोभोभभित्र रुसी सेनासँग लडिरहेको बताएका छन्।

प्रकाशित मिति : २०८१ पुस २३ गते मंगलबार