
फाइल तस्वीर
माछा मार्ने क्रममा तिला नदीमा शनिबारदेखि बेपत्ता भएका तिलागुफा–४ राँचुलीका २१ वर्षीय भजनबहादुर शाहीको शव आइतबार दिउँसो फेला परेको छ ।
प्रहरीका अनुसार घटनास्थलबाट २५ मिटर तल नदीमा डुबेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले बताए ।
शनिवार बिहान ६ बजे तिला नदीमा बेपत्ता भएका शाहीको खोजी जनपद, सशस्त्र प्रहरी र स्थानीयले गरेका थिए ।
स्थानीय कालिका मावि राचुलीमा कक्षा १२ मा अध्ययनरत शाही शनिबार विहान झरेउला निकाल्न तिला नदीमा पुगेका बेला चिप्लिएर नदीमा खसेका थिए ।
प्रकाशित मिति : २०८१ फागुन ४ गते आइतबार









प्रतिक्रिया दिनुहोस्