
सुर्खेत । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ ।
मृत्यू हुनेमा रोल्पाको गंगादेव गाउँपालिका–३, झारमङ्ग्राका ३४ वर्षीय चालक हरी चन्द (रमेश ) को रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
छत्रेश्वरी गाउपालिका– १ फारुलेबोट स्थित दमाचौर–गुँरासे–झ्याम सडकखण्डमा रोल्पा झ्यामबाट दमाचौर आउदै गरेको रा.१ क. ५३० नम्बरको मिनी ट्रक रसडकबाट करिब ५० मिटर तल खसेको थियो ।
प्रकाशित मिति : २०८१ फागुन १३ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्