
सात महिनामा १ करोड ८६ लाख थान कन्डम आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा १४ करोड ५ लाख रुपैयाँ बराबरको कन्डम आयात भएको हो ।
यसअघि पुस महिनासम्म पुस मसान्तसम्म यस्तो आयात १ करोड ७७ थान थियो । सो अवधिभित्र १२ करोड ६२ लाख रुपैयाँ बराबरको कन्डम आयात भएको थियो ।
यो हिसाबले माघ महिनाको आयात मात्रै ९ लाख २० हजार थान भएको देखिन्छ । यसका लागि कुल १ करोड ४१ लाख रुपैयाँ खर्च भएको विभागको तथ्यांक छ ।
पुसको एकै महिनामा २ करोड ७ लाख रुपैयाँ बराबरको १९ लाख ३९ हजार थान आयात भएको भन्सार विभागको तथ्यांक छ ।
नेपालमा आयात हुने अधिकांश कन्डम भारतबाट आउने गरेको छ । त्यसबाहेक थाइल्याण्ड, चीन, मलेसिया, दक्षिण कोरिया र जावानबाट समेत यस्तो आयात हुने गरेको भन्सार विभागको तथ्यांक छ ।
प्रकाशित मिति : २०८१ फागुन १३ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्