डोल्पामा पहिलो पटक कानको शल्यक्रिया



सुर्खेत । डोल्पाको जिल्ला अस्पताल दुनैमा पहिलो पटक कानको शल्यक्रिया सुरु भएको छ ।

ब्याक टु लाइफ ई भी’को सहयोगमा फागुन २९ र चैत १ मा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरका क्रममा अस्पतालमा उक्त शल्यक्रिया भएको हो।

शिविरमा ३४९ जनाको कान, नाक, घाँटीसम्बन्धी रोगहरूको निदान तथा उपचार र सुन्ने क्षमता कम भएका २५ बिरामीहरूका सुन्ने क्षमताको जाँच गराइएको थियो।

डा अरुण केसीको नेतृत्वमा पहिलो पटक जिल्लामै कानको शल्यक्रिया सुरु भएको हो । जसअनुसार आज र भोलि जम्मा २० जना को कानको शल्यक्रिया गरिने छ ।

प्रकाशित मिति : २०८१ चैत ४ गते मंगलबार