सामाजिक सञ्जालमा ओली संलग्न हुने कार्यक्रममा विरोध गर्ने भन्दै प्रचार गर्ने चार जना पक्राउ



प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार राजधानीको जोरपाटीमा पुगेका छन् । मेडिकल कलेजको नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटनका लागि उनी त्यहाँ पुगेका हुन् ।

उनी त्यहाँ पुग्दा विरोध गर्ने देखिएपछि प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूले ओलीको विरोध गर्ने भन्दै सामाजिक सञ्जालमा लेखेको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले उनीहरूलाई होल्ड गरेर राखिएको बताए । नियन्त्रणमा परेकाहरूमा राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंह रहेका छन् ।

प्रकाशित मिति : २०८१ फागुन १३ गते मंगलबार