
सुर्खेत । मंगलबार कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक बसेको छ ।
बैठकले विभिन्न ९ वटा निर्णय गरेको छ ।
यस्ता छन् निर्णयहरु
१. मानवअधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बनधमा व्यवस्था गर्न बनेको विधेयकको तर्जुमा गर्न स्वीकृति प्रदान ।
२. घर बीमा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि ०८१ स्वीकृत ।
३. आयोजना प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धी कार्यविधि ०८१ स्वीकृत ।
४.आयोजनाको बहुवर्षीय ठेक्का सहमति निर्देशिका ०८१ स्वीकृत ।
५.कृषि तथा पशुपन्छी विकास कार्यक्रम सञ्चालन निर्देशिका स्वीकृत ।
६.कर्णलीको कृषि विकास रणनीति पारित भएको छ । उक्त रणनीति आगामी १० वर्षका लागि हो ।
७. कृषि तथा सहकारी सम्बनधी कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) दोस्रो संशोधन कार्यविधि पनि स्वीकृत ।
८. मुख्यमन्त्री डिजिटल शिक्षा र नमुना विद्यालय कार्यक्रम सञ्चालनका लागि स्थानीय तहका बजेट पठाउने निर्णय स्वीकृत ।
९. नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम कार्यविधि स्वीकृत









प्रतिक्रिया दिनुहोस्