युवा उत्प्रेरक वक्ता सिंह सम्मानित



सुर्खेत। युवा उत्प्रेरक वक्ता आदर्श विक्रम सिंह सम्मानित भएका छन् ।

वीरेन्द्रनगर नगरपालिका–९ मा रहेको आदर्शराज मेमोरियल बोर्डिङ स्कुलले उनलाई सम्मानित गरेको हो ।
उनले आफ्नो कक्षा ११/१२ को अध्ययन आदर्शराज मेमोरियल स्कुलबाट पूरा गरेका थिए ।

स्कुलले आफ्नो ३५ औं वार्षिकोत्सवको अवसरमा उनलाई सम्मानित गरेको हो ।

उनले सन् २०१८ देखि उत्प्रेरक वक्ताको रुपमा उत्प्रेरणा दिदै आइरहेका छन् ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाका युवा र विद्यार्थीहरू गरेर झण्डै २० हजार व्यक्तिहरूलाई उनीहरूको सपना, रुचि र लक्ष्य पहिचान गर्न तथा आफ्नो कर्मलाई शतप्रतिशत दिएर गर्न उनका सेसनहरूले सहयोग पुगेको उनी बताउँछन् ।

उनी राईजिङ ट्यालेन्टस् कम्पनीका फाउन्डर पनि हुन् । कम्पनीले पब्लिक स्पिकिङका ट्रेनिङ, व्यक्तित्व विकासका वर्कसप र प्रेरणादायी कार्यक्रमहरू सञ्चालन गर्दछ ।

प्रकाशित मिति : २०८१ फागुन १३ गते मंगलबार