पुर्व सांसद गोपाल बमको रारास्थित डाँफे होटलमा आगलागी, जलेर पुण नष्ट



मुगुका पुर्व सांसद गोपाल बमले रारा किनारमा सञ्चालन गरेको डाँफे होटेलमा आगो लागेको छ । बुधबार राति १२ बजेतिर होटेलमा आगलागी भएको हो ।

होटेल काठै काठको संरचनाले बनेको थियो भने ४ वटा भवन थिए । आगलागीबाट सबै जलेर पुर्णरुपमा नष्ट भएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता कुमार न्यौपानले बताए । न्यौपाने पनि अहिले रारामै छन् ।

आगो नियन्त्रणका लागि निकुञ्ज सुरक्षाका लागि खटिएका नेपाली सेना, निकुन्ज रक्षक, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो । राति १२ बजे नेपाल प्रहरी हवल्दार विक्रम बहादुर विष्टलाई नेपाली सेनाले राराको होटेलमा आगलागी भएको जानकारी गराएपछि जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दिपक केसीको नेतृत्वमा १५ जना प्रहरी टोली रारा पुगेको थियो ।

हवल्दार विष्टलाई रारामा रहेका प्रहरीले दिएको जानकारी अनुसार होटेलको भान्साबाट आगलागी सुरु भएको थियो । भान्सामा रहेका खाना पकाउने ग्यास पड्कँदा अन्य ३ वटा भवनमा समेत आगो सल्केको र चार वटा काठका भवन पूर्णरुपमा खरानी भएका छन् ।

रारा घुम्न आएका १०० जना बढी पाहुनालाई होटलबाट उद्दार गरेर प्रहरी, सेना र सशस्त्र प्रहरीले नजिकै रहेका माझघट्टका होटेल, नेपाली सेनाको ब्यारेक र निुकञ्ज कार्यालयमा सारिएको थियो ।

४ वटा भवन, त्यहाँ रहेका लजिङ्गका सामान, होटेलका सामानहरु पूर्ण रुपमा जलेर खरानी भएको न्यौपानले बताए ।

प्रहरी अहिले पनि घटना स्थलमै रहेकाले स्थलगत मुचुल्का पछि यकिन क्षतिको विवरण सार्वजनिक गरिने छ ।

रारा ताल घुम्न आउने पर्यटकका लागि रारा किनारमा रहेको एक मात्र होटेल थियो । यहाँ तीन वर्षअघि हिरिटेज होटेलमा पनि यसैगरी आगलागी भएको थियो ।

डाँफे होटेलमा आगलागी भएकोपछि अब रारा घुम्न आउने पर्यटकहलाई बास बस्ने स्थान हुने छैन ।

अब पर्यटकले रारा ताल घुमेर बास बस्न माझघट्ट, सल्लेरी, लामाचौर र मुर्माटप जानू पर्नेछ । आगलागी बिहान ३ बजेतिर नियन्त्रणमा आएको थियो ।

नजिकै ताल भएपनि सामग्री नहुँदा नियन्त्रण गर्न कठिनाइ हुँदा सबै जलेर नष्ट हुन पुगेको प्रहरीले जनाएको छ ।

 

 https://fb.watch/x-DnzFZkTY/

प्रकाशित मिति : २०८१ फागुन १५ गते बिहीबार