कांग्रेस कर्णाली प्रदेश बैठकः यी हुन् ५ निर्णय



सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्य समितिले विभिन्न पाँच वटा निर्णय गरेको छ ।

बिहीबार सभापति ललितजंग शाहीको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं पुर्व मुख्यमन्त्री जीवनबहादुर शाही पनि सहभागी थिए ।

यी हुन् बैठकका निर्णयहरु

१) कार्यसम्पादन समिति र पदाधिकारी बैठकले गरेका निर्णय अनुमोदन ।

२) संगठनलाई प्रभाकारी ढंगले परिचालन गर्दै नागरिकको पक्षमा कांग्रेसका जनप्रतिनिधिलाई काम गर्न प्रेरित गर्ने । र, कांग्रेसले सरकार संचालनमा हुँदा गरेका जनपक्षीय कामको जनताकाबिच प्रचारप्रसार गर्ने ।

३) आगामी चैत्र ५ गते हुने त्रिभुवन विश्वविद्यालय अन्तर्गत क्याम्पसमा हुने स्ववियु निर्वाचनलाई प्रभावकारी बनाउन प्रदेश प्रवक्ता दमन शाहीको संयोजकत्वमा ५ सदस्यीय कर्णाली प्रदेशस्तरीय स्ववियु निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय भयो ।

४) कांग्रेस कर्णाली प्रदेश सम्मेलन गर्नलाई पदाधिकारी बैठकले उपर्युक्त निर्णय गर्ने अधिकार दिने निर्णय भयो ।

५) कांग्रेस कर्णाली कार्यसम्पादन समिति सदस्य लंक बहादुर शाहीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित भयो । कार्यसमिति सहमहामन्त्री रामछाया शाहीकी सासु, प्रदेश सदस्य युबराज मल्लका बुबा र प्रदेश सदस्य रेणु आचार्यकी सासुको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय भयो ।

प्रकाशित मिति : २०८१ फागुन १५ गते बिहीबार