राजावादीले जलाइदिए माधव नेपालको पार्टी कार्यालय



काठमाडौँ । नेकपा एकीकृत समाजवादीको कार्यालयमा शुक्रबार तोडफोड भएको छ । साथै प्रदर्शनकारीहरु कार्यालय प्रवेश गरेर फर्निचरका साथै कागजपत्रहरु बाहिर ल्याएर जलाएका छन् ।
राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन उग्र बन्दै जाँदा आलोकनगरमार रहेको एकीकृत समाजवादीको कार्यालय समेत प्रभावित बनेको हो ।
व्यवस्थाको विरोध गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरुले समाजवादीको कार्यालय पुगेर पहिला कागजपत्र बाहिर निकालेर जलाएपछि कार्यालयमा आगो लगाएका हुन् ।
राजावादीहरुले त्यसअघि तिनकुने आपासमा सरकारी गाडी, प्रहरी विट समेत जलाएका छन् ।

प्रकाशित मिति : २०८१ चैत १४ गते शुक्रबार