
सुर्खेत । हुम्लाको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर बजारका वर्षासहितको बाढीले क्षति पुर्याएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार बिहीबार बिहान बाढीले पसल र घरहरुमा क्षति पुर्याएको हाे ।
यद्यपि विवरणहरु अझै आउन बाँकी रहेको उनले बताए ।
खाद्य व्यवस्थापन कार्यालयमा पनि क्षति पुगेको उनको भनाइ छ । स्थानीयका अनुसार १० भन्दा बढी घर तथा पसलमा क्षति पुगेको छ । अदानचुली गाउँपालिका–३ का आइते बुढाको बाख्राको गोठ भत्किदा २६ बाख्रा मरेका छन् ।
अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले क्षति ठुलो मात्रामा भएको र अहिले प्रहरीले विवरण संकलन गर्ने काम गरिरहेको बताए ।
बाढीले अमृत बुढाको पसल बगाएको छ भने आसपासका ११पसलमा क्षति पुर्याएको हुम्लाका पत्रकार कालिबहादुर थापाले जानकारी दिए ।
प्रकाशित मिति : २०८२ वैशाख ४ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्