कालिकोटमा प्रधानाध्यापक मृतक भेटिए, के हो कारण ?



कालिकोटमा एक जना मृत भेटिएका छन् ।

सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा रहेकाे स्थानीय शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय कृष्णबहादुर शाही मृत अवस्थामा भेटिएका हुन् ।

कालिकाेट प्रहरीका अनुसार शुक्रबार बेलुका नजिकैको बेलुपाटा बजारमा गएका शाही शनिबार बिहान पनि घर नर्फिएपछि परिवारले प्रहरीलाई खबर गरेको थिए ।

खोजी गर्दा बेलुपाटा बजार नजिकै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयको टोली त्यसतर्फ गइरहेको कालीकोट जिल्लाका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए ।

घटनाबारे अहिले थप अनुसन्धान भइरहेकाे छ ।

प्रकाशित मिति : २०८२ वैशाख ६ गते शनिबार