
सुर्खेत । खाद्यान्न खुद्रा लिएर पलाँता ९ थिर्पुबाट खिन जाँदै गरेकाे ट्रयाक्टर गएराति ११ बजेतिर पलाँता गाउँपालिका-२ लार्फ गाउँ नजिक सडकबाट तल भिरमा खसेर दुर्घटना भएको छ ।
उक्त ट्याक्टर दुर्घटना हुँदा सवार चार जनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।
मृत्यु हुनेमा पलाँता-४ का बर्षको अम्मा शाही,पलाँता-४ बर्ष ३८ को सुदु बुढा, पलाँता-४ बर्ष २३ रबिन्द्र विश्वकर्मा, र उमेर नखुलेकाखत्याड, ५ मुगुका चन्द्र प्रकाश रोकाया, रहेका छन् ।
घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति : २०८२ वैशाख ८ गते सोमबार









प्रतिक्रिया दिनुहोस्