
सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय प्रेमा ओली मृत भेटिएकी छन ।
उनी भेरीगंगा नगरपालिका–१२,को झिगंना नजिकै रहेको एक जंगलमा मृत भेटिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक महेन्द्रजंग बुृढथापाका अनुसार जंगलको खोल्सामा प्रेमाको शव देखेर आइतबार बिहान १० बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
शवको पहिचान खुलेपनि कारण पत्ता लगाउन नसकिएको उनले बताए । अनुसन्धानका लागि बाँकेबाट तालिम प्राप्त कुकुरहरु मगाइएको उनले बताए ।
प्रकाशित मिति : २०८२ वैशाख २१ गते आइतबार









प्रतिक्रिया दिनुहोस्