
क्रिस्टियानो रोनाल्डोका जेठा छोरा क्रिस्टियानो रोनाल्डो जुनियर पोर्चुगलको यू–१५ राष्ट्रिय फुटबल टोलीमा समावेश भएका छन् ।
भ्लात्को मार्कोभिक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २२ सदस्यीय टोली घोषणा गरिएको हो, जुन क्रोएसियामा आयोजना हुँदैछ ।
प्रतियोगितामा पोर्चुगलले इङ्ल्याण्ड, जापान र ग्रिससँग प्रतिस्पर्धा गर्नेछ । प्रशिक्षक जोआओ सान्तोसले रोनाल्डो जुनियरसँगै टोटनह्यामका डोन्ते लरेन्सलाई पनि टोलीमा चयन गरेका छन् ।
सन् २००० मा यू–१५ डेब्यु खेलमै गोल गरेका रोनाल्डोका लागि यो क्षण विशेष छ । ४० वर्षको उमेरमा पनि पोर्चुगल टिममा सक्रिय रोनाल्डोले २०१६ मा देशलाई युरो उपाधि दिलाएका थिए ।
प्रकाशित मिति : २०८२ वैशाख २३ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्