
इसराइलले लेबननको राजधानी बेरूतमा आक्रमण गरेको छ । बिहीबार बिहान लेबननको राजधानी बेरूतमा हवाई हमलाका ठूला ठूला आवाजहरु सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इसराइली सेनाले हिजबुल्लाहलाई लक्षित गरी हवाई आक्रणम गरेको पुष्टी गरेको छ । बेरूतको दक्षिणी दहियाहमा हिजबुल्लाहोक किल्ला रहेको ठाउँमा हवाई आक्रमण गरेको इसराइली डिफेन्स फोर्सको दाबी छ ।
आक्रमणमा ७ जनाको मृत्यु भएको छ । मारिनेहरू हिजबुल्लाहका लडाकु हुन् कि सर्वसाधारण हुन् भन्ने खुलेको छैन ।
समाचार संस्था सिएनएनका अनुसार बेरूतमा इसराइलले १८ वर्षपछि हवाई आक्रमण गरेको हो ।
इसराइलले हिजबुल्लाहका अखाडा रहेको बताउँदै लेबननका ५१ वटा ठाउँ तोकेर आम सर्वसाधरणलाई त्यहाँबाट भाग्न आग्रह गरेको थियो ।
इसराइली र अमेरिकी अधिकारीहरूले अहिलेसम्म हिजबुल्लाहका आधा हतियार नष्ट गरिसेको दाबी गरेका छन् ।
इसराइलले गाजामा हमाससँग र लेबननमा हिजबुल्लाहसँग लडिरहेको छ।
यअघि मंगलबार मात्रै इरानले इसराइलमाथि आक्रमण गरेको थियो । इरानले इसराइल प्रत्याक्रमणमा उत्रिए अझै शक्तिशाली आक्रमण हुने चेतावनीसमेत दिएको छ ।









प्रतिक्रिया दिनुहोस्