वाइसिएल सुर्खेतको अध्यक्षमा डिल्ली भट्टराई निर्वाचित



नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठनका रुपमा रहेको योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालको सुर्खेत जिल्ला अध्यक्षमा डिल्ली भट्टराई निर्वाचित भएका छन् ।

सोमबार भएको पाचौँ जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत तरिकाले निर्वाचित भएका हुन् ।

सम्मेलनले ६१ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा गोमा आफ्रे, महेन्द्र हमाल र साजन शर्मा चयन भएका छन् ।
यस्तै विजय विक सचिव र सह–सचिवमा वीरेन्द्र विसी, लोकेश केसी, चन्द्रकान्त राना, भुपेन्द्र शाही र याम पुलामी चयन भएका छन् ।

यस्तै कोषाध्यक्षमा खगेन्द्र परियार चयन भएका छन् ।

प्रकाशित मिति : २०८२ वैशाख २४ गते बुधबार