
दैलेखको ठाटीकाँध गाउँपालिकामा बेथिति बढेको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ ।
११ वटा स्थानीय तह रहेको दैलेखमा ठाटीकाँधको सबैभन्दा बढी बेरुजु देखिएको हो ।
प्रतिवेदन अनुसार उक्त गाउँपालिकाको बेरुजु प्रतिशत ६.७२ प्रतिशत रहेको छ ।
चामुण्डाबिन्द्रासैनि नगरपालिकामा ६.६३, भैरबी गाउँपालिकाको ६.२४, नौमुले गाउँपालिकाको ५.२३, आठबिस नगरपालिकामा ३.९१ प्रतिशत बेरुजु रहेको छ ।
यस्तै महाबु गाउँपालिकामा ३.१५, डुङ्गेश्वर गाउँपालिकामा २.६८ प्रतिशत, गुराँस गाउँपालिकामा २.५८, दुल्लु नगरपालिकामा २.३५ प्रतिशत बेरुजु देखिएको छ ।
नारायण नगरपालिका र भगवतीमाई गाउँपालिकामा भने क्रमशः १.४४ र १.३५ बेरुजु मात्र देखिएको छ ।
महालेखा प्रतिवेदनले देखाएको बेरुजुले स्थानीय तहहरूमा आर्थिक अनुशासन र जवाफदेहिता नरहेको देखाएको छ ।
प्रकाशित मिति : २०८२ जेठ १ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्