
कर्णाली प्रदेश सरकारको बेरुजु ४ अबै १२ करोड रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
महालेखाको सातौँ वार्षिक प्रतिवेदन—०८२ अनुसार विगत वर्षहरुको खुद बाँकी बेरुजु ३ अर्ब ६६ करोड ११ लाख २ हजार रहेकोको थियो ।
आर्थिक वर्ष ०८०/८१ को ४५ करोड ९४ लाख ८२ हजार थपिएपछि कर्णाली सरकारको बेरुजु रकम ४ अर्ब १२ करोड ५ लाख ८४ हजार कायम भएको महालेखाले जनाएको छ ।
गत वर्ष महालेखाले प्रदेश सरका, प्रदेश सभा लगायत अन्य संस्था समेतको गरी १४० वटा निकायको लेखापरीक्षण गरेको छ । ती कार्यालयहरुको ३७ अर्ब ५८ करोड ६६ लाख बराबरको रकम लेखापरीक्षण गर्दा ४५ करोड ९४ लाख ८२ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा भनिएको छ ।
प्रदेशका ८ मन्त्रालयहरुमध्ये भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयको बेरुजुर सबैभन्दा बढी रहेको छ ।
प्रतिवेदन अनुसार ६ अर्ब १० करोड ४९ लाख ९६ हजार लेखापरीक्षण गर्दा उक्त मन्त्रालयको १८ करोड २१ लाख २० हजार रकम बेरुजु देखिएको छ ।










प्रतिक्रिया दिनुहोस्