
कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सोमबारको संसद बैठक बहिष्कार गरेको छ ।
एजेण्डाबिनै बैठक बसाल्न उचित नभएको भन्दै प्रतिपक्ष दलका सांसदहरु बैठकमा सहभागी नभएका हुन् ।
आइतबार बसेको कार्यव्यवस्था समितिमै बैठक बस्न नसक्ने जानकारी गराएको प्रतिपक्ष दल माओवादीले जनाएको छ ।
यद्यपि सभामुख नन्दा गुरुङले प्रतिपक्ष दलको उपस्थितिबिना नै बैठक बसालिन् । उनले सभाको कारबाही समेत अगाडि बढाइसकेकी थिइन् ।
लगत्तै सत्तारुढ दल कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रतिपक्षको उपस्थितिबिना संसद चलाइने कुरा उपयुक्त नभएको राखे । त्यसपछि सभामुख गुरुङले जेठ १८ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराइन् ।
प्रकाशित मिति : २०८२ जेठ ५ गते सोमबार









प्रतिक्रिया दिनुहोस्