‘प्रतिगमनकारी कदम प्रति सचेत रहन जरुरी छ’



कर्णालीका पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रतिगमनकारी कदम प्रति सचेत रहन जरुरी रहेको बताएका छन् ।

बिहीबार गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै शाहीलेठुलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिहरु नै धरापमा पार्ने गरी पछिल्लो समयमा भइरहेका असंवैधानिक र प्रतिगमनकारी कदम प्रति पनि सचेत रहन जरुरी रहेको बताएका हुन् ।

गणतन्त्र दिवस २०८२ को शुभकामना

गणतन्त्र स्थापनाको लागी नेपाली जनताले गरेको ऐतिहासिक जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षका क्रममा आफ्नो ज्यानको आहुति दिने महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

बेपत्ता, घाइते तथा अपांगता भएका योद्धाहरुप्रति उच्च सम्मान व्याक्त गर्दछु । साथै ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, प्रदेश प्राप्तिको आन्दोलन लगायतका सबैखाले न्यायपूर्ण आन्दोलन तथा संघर्षहरुमा सहभागी आम जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्दछु ।

नेपाली जनताले दशकौं लामो समयदेखि सशस्त्र एवं निशस्त्र रुपमा गरेको बलिदानीपूर्ण संघर्षहरुको ऐतिहासिक उपलब्धिस्वरुप जननिर्वाचित संविधान सभाबाट २०६५ आजकै दिन संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भएको थियो । गणतन्त्र दिवस २०८२ को यस गौरवमय अवसरमा सम्पूर्ण नेपाली दाजुभाई दिदीवहिनीहरुमा हार्दिक बधाई एवं शुभकामना व्याक्त गर्दछु ।

गणतन्त्र स्थापनाको लागी नेपाली जनताले गरेको ऐतिहासिक जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षका क्रममा आफ्नो ज्यानको आहुति दिने महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता, घाइते तथा अपांगता भएका योद्धाहरुप्रति उच्च सम्मान व्याक्त गर्दछु ।

साथै ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, प्रदेश प्राप्तिको आन्दोलन लगायतका सबैखाले न्यायपूर्ण आन्दोलन तथा संघर्षहरुमा सहभागी आम जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्दछु ।

गणतन्त्रको स्थापनापश्चात् नै हामीले समावेशी, समानुपातिक व्यावस्था, धर्मनिरपेक्षता, संघीयता लगायतका महत्वपूर्ण राजनीतिक उपलब्धिहरु प्राप्त गरेका छौ । ठुलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिहरु नै धरापमा पार्ने गरी पछिल्लो समयमा भइरहेका असंवैधानिक र प्रतिगमनकारी कदम प्रति पनि सचेत रहन जरुरी छ ।

गणतन्त्र दिवसको यस ऐतिहासिक अवसरमा म सबैखाले प्रतिगमनकारी, निरंकुश र असंबैधानिक दुस्प्रयासहरुका विरुद्ध खबरदारी गर्दै संविधानले निर्दिष्ट गरेको समाजवाद स्थापनाको बाटोमा दृढतापूर्वक अघि बढ्न अपिल गर्दछु ।

अन्तमा, गणतन्त्रको दिवस २०८२ ले राष्ट्रिय एकाता सहित विकासको र समृद्धिको अभिभारा पुरा गर्दै समाजवादी राज्य व्यवस्था स्थापनाका लागी सबै नेपालीमा प्रेरणा प्रदान गर्ने विश्वास सहित तपाई समस्तमा पुनः गणतन्त्र दिवसको शुभकामना व्याक्त गर्दछु ।
……………….
महेन्द्र बहादुर शाही

पुर्व मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य

प्रकाशित मिति : २०८२ जेठ १५ गते बिहीबार