कर्णालीको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै, मन्त्रिपरिषद्ले गर्‍यो स्वीकृत



कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत भएको छ ।

बुधबार दिउँसो बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।

आज दिउँसो ३ बजेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभामा सरकारकातर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम पेस गर्नेछन ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले बजेट प्रस्तुत गर्न लागेका हुन ।

प्रकाशित मिति : २०८२ जेठ २१ गते बुधबार