स्रोत नखुलेको झण्डै ४० लाखसहित चार जना पक्राउ



स्रोत नखुलेको ३९ लाख ८९ हजार चार सय रुपैयाँसहित काठमाडौंको क्षेत्रपाटीबाट दुई जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार उक्त रकमसहित नुवाकोटका श्याम खड्का र ओखलढुंगाका धनबहादुर श्रेष्ठ पक्राउ परेका हुन्।

उनीहरूलाई कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ जेठ २९ गते बिहीबार