
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट (आइतबार) आज प्रदेश सभामा प्रस्तुत गर्दै छ । अर्थमन्त्री राजीवविक्रम शाहले दिउँसो तीन बजे बस्ने प्रदेश सभा बैठकमा नयाँ बजेट प्रस्तुत गर्ने छन् ।
केन्द्रीय अनुदान घटेका कारण बजेटको आकार चालु वर्षको करिब ३१ देखि ३२ अर्बकै हाराहारीमा रहने अनुमान गरिएको छ ।
यसपटक पहिलो पटक ’योजना बैंक’ मार्फत योजना छनोटको नयाँ अभ्यास गरिएको छ ।
यो प्रणालीले मन्त्रालयहरूमा हुने राजनीतिक हस्तक्षेप रोके पनि प्रक्रियागत स्पष्टता नहुँदा सहजताभन्दा सास्ती बढी भएको अर्थमन्त्री राजीवविक्रम शाहले बताएका छन् ।
स्थानीय तहबाट छनोट हुनुपर्नेमा हजारौँ योजनाहरू सीधै मन्त्रालयमा आएकाले काममा चाप परेको हो। आगामी बजेटका लागि २३ हजारभन्दा बढी योजना छनोट भएका छन्, जसमा ५० लाखभन्दा कम लागतका टुक्रे योजनाको संख्या १५ हजारभन्दा धेरै छ, जसले कार्यान्वयनमा चुनौती देखाएको छ।









प्रतिक्रिया दिनुहोस्