कर्णालीका ४ जिल्लामा जन्म र मृत्युका घटनामा खाद्यान्न निःशुल्क वितरणका लागि १ करोड विनियोजन



सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत कर्णालीका विकट जिल्लामा हरेक जन्म र मृत्युमा खाद्यान्न वितरणका लागि १ करोड बजेट विनियोजन गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको आगामी वर्षको वार्षिक कार्यक्रममा सो बजेट विनियोजन भएकोबारे उल्लेख छ।

कर्णालीका कालिकोट, हुम्ला, मुगु र डोल्पामा जन्म र मृत्युमा प्रति घटना ३० केजीका दरले निःशुल्क खाद्यान्न वितरण गरिने जनाएको छ ।

प्रकाशित मिति : २०८२ असार ३ गते मंगलबार