पश्चिम सुर्खेतको चौकुनेले ल्यायो ५७ करोड ७० लाखको बजेट



पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ५७ करोड ७० लाख ६९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

सार्वजनिक गरिएको बजेटमा चालु खर्च तर्फ ७५ प्रतिशत र पुँजिगत खर्च तर्फ २५ प्रतिशत रकम विनियोजन गरिएको छ ।

गाउँपालिकाको बजेटको मुख्य स्रोतमा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान रहेको छ ।

जसअनुसार, संघीय सशर्त अनुदानबाट २३ करोड २ लाख, प्रदेश सशर्त अनुदानबाट २ करोड ८३ लाख ६९ हजार, संघीय विशेष अनुदानबाट २ करोड १८ लाख र संघीय समपुरक अनुदानबाट १ करोड ३१ लाख रुपैयाँ प्राप्त हुनेछ ।

गाउँपालिकाका अध्यक्ष खड्गबहादुर विकका अनुसार नतिजामा आधारित विकास प्रणाली अवलम्बन गर्ने गर्ने गरी बजेट ल्याइएको छ ।

बजेटको प्रभावकारी कार्यान्वयनका लागि व्यवस्थापकीय, प्रशासकीय र पर्यावरणीय पक्षलाई सुदृढ बनाउँदै लगिने उनको भनाइ छ ।

बैको सहयोगात्मक र रचनात्मक सहयोगमा ‘समृद्ध चौकुने’ निर्माण गर्ने अभियानलाई सफल बनाउने विश्वास गाउँपालिकाले लिएको छ ।

प्रकाशित मिति : २०८२ असार १० गते मंगलबार