
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा कुल बजेटको ७१.२५ प्रतिशत रकम खर्च गरेको छ ।
नगरपालिकाका वरिष्ठ लेखा अधिकृत दिनेश भण्डारीका अनुसार यो वर्ष ७४ करोड ७८ लाख ६३ हजार रुपैयाँ विनियोजित थियो ।
त्यसमध्ये ५३ करोड २८ लाख ६७ हजार अर्थात ७१.२५ प्रतिशत रकम कार्यान्वयनमा आएको छ ।
यस्तै चालुतर्फ विनियोजित ४७ करोड ३१ लाख ८९ हजार रुपैयाँ मध्ये ३६ करोड १९ लाख ७० हजार रुपैयाँ खर्च भएको छ, जुन कुल चालु बजेटको ७६.५ प्रतिशत हो ।
त्यसैगरी, विकास निर्माणसँग सम्बन्धित पुँजिगततर्फ २७ करोड ४६ लाख ७४ हजार विनियोजन भएकोमा १७ करोड ८ लाख ९६ हजार मात्रै कार्यान्वयनमा आएको लेखा अधिकृत भण्डारीले बताए । जुन पुँजिगत बजेटको ६२.२२ प्रतिशत हो ।
नगरपालिकाले आर्थिक वर्षको अन्त्यमा खाता बन्द भएको व्यहोरासहित वित्तीय पारदर्शिताका लागि प्रगति विवरण सार्वजनिक गरेको जनाएको छ ।
विवरणले चालु खर्चको तुलनामा पुँजिगत (विकास) खर्चको प्रतिशत कम रहेको देखाएको छ ।









प्रतिक्रिया दिनुहोस्