
गुल्मी । आज बिहान गुल्मीबाट सम्पर्कमा आएका रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहितका सात जना कर्मचारीको टोली जिल्ला फर्किएका छन् ।
टोलीले बिहान गुल्मीको सदरमुकाम तम्घासबाट थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरलाई फोन गरेर आफूहरू गुल्मीमा रहेको जानकारीसमेत गराएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहितको टोली बिहान जिल्ला प्रहरी कार्यालय गुल्मीको सम्पर्कमा पुगेको थियो । लगत्तै थबाङ गाउँपालिकाका अध्यक्षसहित प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फोन गरेर आफूहरू गुल्मीमा रहेको र सकुशल नै रहेको जानकारी गराएको गुल्मीका प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
रोल्पा पुगेपछि प्रमुख जिल्ला अधिकारीलाई भेट गरेपछि मात्र गाउँपालिका फर्किने टोलीले जनाएको छ । रुकुम पूर्व जाने भनेर निस्केको कर्मचारीको टोलीसँग सम्पर्क हुन नसकेपछि सम्पर्कमा आउन थबाङ गाउँपालिकाले सूचनामार्फत अनुरोध गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्