डेनिला कार्कीले जितिन् मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि



विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन् ।

शनिबार बेलुका प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ग्राण्ड फिनालेमा कार्कीले उपाधि जितेकी हुन् ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेत्री वसन्धुरा भुषालले विजेता कार्कीलाई पुरस्कार प्रदान गरे ।

यो उपाधिसँगै कार्कीले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाएकी छन् ।

त्यस्तै मिसेस नेपाल इन्टरनेसनल सुयशा राउत र एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले जितेकी छन् ।

सो प्रतियोगितामा एलिना घिमिरे फस्ट रनरअप, किरण कार्की सेकेन्ड रनरअप र अनु कार्की थर्ड रनरअप घोषित भएका छन् ।

रिबन इन्टरटेनमेन्टले आयोजना गरेको सो प्रतियोगितामा मिसेस नेपाल इन्टरनेसनल र एमएस नेपाल इन्टरनेसनलको उपाधि जित्ने राउत र घिमिरेले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने अवसर पाउनेछन् ।

प्रकाशित मिति : २०८१ कात्तिक ११ गते आइतबार