
सुनको भाउ घटेको छ । तिहारपछि तोलामा २९०० ले सुनको भाउ घटेको हो ।
गत बिहीबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार १०० रुपैयाँ पुगेको थियो ।
आज मंगलबार १ लाख ६८ हजार २०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारको प्रभावले नेपाली बजारमा पनि मूल्य घटेको हो । चाँदीको भाउ तिहारपछि तोलामा ६० रुपैयाँ घटेको छ । गत बिहीबार प्रतितोला २०९० रुपैयाँ रहेको चाँदी आज २०३० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : २०८१ कात्तिक २० गते मंगलबार









प्रतिक्रिया दिनुहोस्