संविधानले निर्देशित गरेको संरचनाले पूर्णता नपाउँदा संविधान विरोधीले टिप्पणी गर्न थालेः कँडेल



सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले संविधानले परिकल्पना गरेको सङ्घीय ढाँचामा लैजान ढिलाई गर्दा सङ्घीयताप्रति नै टिकाटिकप्पणी गर्ने अवस्था आएको बताए ।

सोमबार वीरेन्द्रनगरमा भएको सुरक्षा गोष्ठि कार्यक्रममा बोल्दै कँडेलले यस्तो बताएका हुन् ।

संविधान लागू भएको दश वर्ष पुग्न लाग्दा पनि संविधानले निर्देशित गरेका संरचनाले पूर्णता नउपाँउदा संविधान विरोधीले टिप्पणाी गर्ने बाटो खुलेको धारणा उनको थियो ।

‘संविधानले परिकल्पना गरेका संरचनालाई अलमल नगरी कानून निर्माण गरेमा शान्ति सुरक्षा र विकास निर्माणले थप गति लिन्छ,’ उनले भने ।

संविधानतः प्रदेशलाई प्राप्त शान्ति सुरक्षा कायम गर्न प्रहरी समायोजनको विषयलाई अन्यौलपूर्ण नराखी छिटो टुंगोमा पुगाउन कँडेलले गृहमन्त्रीलाई आग्रह गरे ।

उनले अगाडि थपे, ‘गृहमन्त्री ज्यूलाई यो विषयमा राम्रोसँग जानकारी छ, जे गर्ने हो छिटो टुंगो लगाउनेतिर ध्यान दिनुहोला ।’

प्रकाशित मिति : २०८१ मंसिर २४ गते सोमबार