
युवा तथा खेलकुदमन्त्री तेलुलाल चौधरीले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका केही खेलहरु नेपालगञ्ज र काठमाडौँमा पनि हुन सक्ने बताएका छन् ।
कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटनका क्रममा बुधबार उनले यस्तो बताएका हुन् ।
मन्त्री चौधरीले आवश्यक पूर्वाधार अभावले दशौं राष्ट्रिय खेलकुदका केही खेल प्रतिस्पर्धा नेपालगञ्ज र काठमाडौंमा पनि हुन सक्ने बताउदै अधिकांश खेल कर्णालीमै हुने बताए ।
उनले कर्णाली प्रदेशको खेल पूर्वाधार, बाटो र होटल लगायतका अवस्थाबारे पनि निरीक्षण भइरहेको बताए ।
यद्यपि प्रदेश खेलकुद परिषद्ले भने अधिकांश खेलहरु कर्णालीको प्रदेश राजधानी वीरेन्द्रनगरमा
खेलाउन सकिने र बाँकी खेल प्रदेशकै अन्य जिल्लाहरुमा खेलाउन सकिने बताउँदै आएको छ ।
प्रतियोगिता चैत्र महिनाको २३ गतेदेखि ३० गतेसम्म हुने छ ।
यसअघि मंसिर २ देखि ९ गतेसम्म हुने कार्यतालिका रहेको प्रतियोगिता मन्त्री चौधरीकै कारण पछाडि सरेको थियो ।
यो पनि..
कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद तयारीका लागि काठमाडौँमा सचिवालय
प्रतिक्रिया दिनुहोस्