
सुर्खेत । सोमबार अन्तर्राष्टिय भ्रस्टाचार विरुद्धको दिवसका अवसरमा सुर्खेतमा पनि वृहत र्यालीको आयोजना गरेर कार्यक्रम गरिएको छ ।
नेपाल सरकार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)/ एटुजे परियोजनाको सहयोगमा पहाडी क्षेत्र विकास अभियान जाजरकोटको साझेदारी र कानूनी तथा सामाजिक विकास केन्द्रको समन्वमा उक्त कार्यक्रम गरिएको हो ।
कर्णाली प्रदेशमा जवाफदेहिता र सुशासनलाई अभिवृद्धि गर्ने र महिला तथा सिमान्तकृत समुहलाई सशक्तिकरण गर्ने उद्देश्यले भ्रष्टाचार विरुद्धको वृहत र्याली मंगलगढी चोकबाट सुरुभई बजार परिक्रमा गरेर पिपल चौतारा पुगी कोणसभामा परिणत भएको थियो।
उक्त कोणसभामा कानुनी तथा सामाजिक विकास केन्द्रका अध्यक्ष गणेश कुमार डाँगीले भ्रष्टाचारका विरुद्धमा अब सशक्त भएर लाग्नुपर्ने बताए ।
कार्यक्रमलाई स्थानीय युवा परिषद्का उपाध्यक्ष्य, जिल्ला र उच्च अदालत बार एसोसिएसनका प्रमुख तथा प्रतिनिधिहरुले सम्बोधन गरेका थिए ।
कार्यक्रममा १५० बढी कानुन र अन्य संकायका विभिन्न विद्यालयका विद्यार्थीहरू, सुशासनलाई सुदृढ बनाउनका लागि सरोकार राख्ने विभिन्न संस्था र निकायका प्रमुख तथा प्रतिनिधिहरु लगायत सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य सर्वसाधारणको उपस्थितीमा भ्रष्टाचार निर्मलीकरणमा ऐक्यबद्धता जाहेर गगरिएको छ ।









प्रतिक्रिया दिनुहोस्