
सुर्खेत । कर्णाली प्रदेश मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य यामलाल कँडेलले देश बनाउने पार्टी नेपालमा नेकपा एमाले मात्र एउटा पार्टी भएको बताएका छन् ।
सोमबार नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै देश बनाउन सक्ने योग्यता र क्षमता भएको कोही पार्टि छ भने त्यो पार्टी नेकपा एमाले भएको मुख्यमन्त्री कँडेलको भनाई थियो ।
नेकपा एमाले राज्य सञ्चालन गर्ने अवसर पाउँदा जहिले पनि राष्ट्र र जनतालाई केन्द्रमा राखेर जनपक्षीय काम गर्ने पार्टी भएकाले जनताको रोजाइको पहिलो पार्टी भनेको मुख्यमन्त्री कँडेलले उल्लेख गरे ।
दक्षिण एसियाकै इतिहासमा पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीदेखि केपी शर्मा ओली सम्मका कम्यूनिस्ट सरकारले जनपक्षीय काम गरेको कारण विपक्षीको चौतर्फी घेरा हुँदा पनि नेकपा एमालेलाई जनताले साथ दिएको मुख्यमन्त्री कँडेलले बताए ।
नेकपा एमालेको नीति विचार र नेतृत्व सही भएकै कारण जनताको आकर्षण बढेको मुख्यमन्त्री कडेलले उल्लेख गरे । अवसर पाएको समयमा सरकार जनताको चाहना अनुसार काम गर्ने दिशामा लागेको हुनाले आर्थिक लगायतका क्षेत्रमा सुधारको सङ्केत देखिएको अनुभुति जनताले गरेको र जनतामा यो सरकार प्रति आशा, भरोसा र विश्वास बढेको पनि उनले बताए ।









प्रतिक्रिया दिनुहोस्