
डोल्पामा लेक लागेर एक जनाको मृत्यू भएको छ ।
मृत्यू हुनेमा जुम्लाको गुठिचौर गाउँपालिका–१, मणी गाउँका ३५ वर्षीय भिमबहादुर बोहोरा रहेका छन् ।
उनी यार्सागुम्बा संकलनका लागि डोल्पा पाटन पुगेका बेला लेक लागेर मृत्यू भएको जुम्ला प्रहरीले जनाएको छ ।
उनको बुधबार दिउँसो २ बजे डोल्पाको जगदुल्ला गाउँपालिका–१, जगदुल्ला मध्यवर्ती पाटन क्षेत्रमा मृत्यू भएको हो ।
उनलाई सामान्य बिरामी अवस्थामा उपचारका लागि गाउँ फर्काउने प्रयास गरिए पनि बाटोमै उनको निधन भएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : २०८२ जेठ ७ गते बुधबार









प्रतिक्रिया दिनुहोस्