कर्णालीका स्थानीय तहका कर्मचारी फेरि आन्दोलित, बिहीबारदेखि काम ठप्प पार्ने चेतावनी



कर्णाली प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐन विवादमा परेको छ ।

उक्त ऐनकका कतिपय दफा, उपदफाहरु सच्याउनुपर्ने माग राख्दै आएका स्थानीय तहका कर्मचारीहरु नसच्चिएपनि आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले बुधबार आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

साथै स्थानीय तहमा अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा ठप्प पार्ने चेतावनी उनीहरुको छ ।

बिहीबार बिहान ११ बजेदेखि तीन बजेसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिने बताइएको छ ।

माग पुरा नभएसम्म आन्दोलनका कार्यक्रम निरन्तर चल्ने स्थानीय सेवा कर्मचारी सञ्जाल कर्णाली प्रदेश संयोजक विक्रम शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ जेठ ७ गते बुधबार