
नेकपा एमाले निकट प्रेस चौतारी नेपाल सुर्खेतको अध्यक्षमा मुना हमाल चयन भएकी छन् ।
सातौं जिल्ला अधिवेशनबाट हमाल निर्विरोध अध्यक्षमा निर्वाचित भएकी हुन् ।
स्मरण रहोस् सुर्खेतकाे इतिहासमा पत्रकार संगठनको नेतृत्व पहिलो पटक महिलाले पाएकाे हाे । उनी यसअघि संगठनको सचिव थिइन् । साथै उनी विभिन्न सञ्चार माध्यममा काम गर्दै आएकी सक्रिय पत्रकार हुन् ।
नवगठित कार्यसमितिमा उपाध्यक्ष खुलातर्फ दिनेशकुमार बुढा र महिलातर्फ चन्द्रा कँडेल चयन भए । यस्तै सचिवमा रजनी योगी, सहसचिवमा कुलेन्द्र शाही र कोषाध्यक्षमा तेजबहादुर रोकाया चयन भए ।
सदस्यहरूमा कल्पना ढेंगा मगर, कल्पना हमाल, नन्द कठायत, विनोद घिमिरे, विक्रमकुमार विश्वकर्मा र चन्द्रबहादुर वली रहेका छन् ।
प्रकाशित मिति : २०८१ माघ २४ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्