ठाटीकाँधमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताः मालिका मावि पाँचला प्रथम



सुर्खेत । ठाटीकाँध गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ अन्तर माध्यमिक विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा मालिका माध्यामिक विद्यालय पाँचलाले प्रथम स्थान हासिल गरेको छ । उक्त विद्यालयले ८ स्वर्ण, ४ रजत र ४ कास्य गरी कुल १६ पदमा जितेर प्रथम स्थान दर्र्ज गराउन सफल भयो ।

यसअघि पनि पहिलो र दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सोही विद्यालयले पहिलो स्थान ओगटेको थियो ।
यस्तै ६ स्वर्ण, ३ रजत र ४ कास्य गरी १३ पदकसहित भवानी माध्यामिक विद्यालय बहाकोटले दोस्रो स्थान र तेस्रोमा मालिका माध्यामिक विद्यालय ठिमुरले स्थान लिएको छ ।

ठिमुरेले ५ स्वर्ण, २ रजत र १ कास्य गरी ८ पदक जितेको छ । यस्तै श्री कृष्ण माध्यामिक विद्यालय लकान्द्रले १ स्वर्ण, ७ रजत, ५ कास्य गरी १३ वटै पदक जित्न सफल भयो ।

यस्तै दशरथ मावि प्याडुलीले २ स्वर्ण, ३ रजत र ७ कास्य, देवती मावि गैरागाउँले २ स्वर्ण, ३ रजत, १ कास्य गरी ५ पदक जितेको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहीले बताए ।

प्रतियोगितामा ७ वटा विद्यालयका ३०० बढी विद्यार्थीहरु सहभागी थिए ।

हेर्नुहोस् तस्वीरहरु

प्रकाशित मिति : २०८१ फागुन ४ गते आइतबार