दर्शकले खचाखच रंगशालामा म्यानमारसँग नेपालको बराबरी



सुर्खेत । काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ ।

दशरथ रंगशालामा १२ हजारभन्दा बढी दर्शकको उपस्थितिमा सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको हो ।

सबै गोल पहिलो हाफमै भएका थिए । नेपालले दुई पटकपछि परेको अवस्थाबाट पुनरागमन गरेको थियो । अब उपाधिकका लागि पनि यिनै टोलीबीच बुधबार फाइनल हुनेछ।

प्रकाशित मिति : २०८१ फागुन ११ गते आइतबार